‘रुख रोपौ, वन जोगाऔं’ (फोटो फिचर)

सुन्दरहरैचा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज असार १४ गते मोरङको सुन्दरहरैचास्थित लाटिझोडा साझेदारी वनमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।

लाटिझोडा साझेदारी वन व्यवस्थापन समिति तथा सव डिभिजन वन कार्यालय लाटिझोडाको संयुक्त आयोजनामा ‘सी टु एस सेभेन प्लट’मा मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । साल, अमला, अम्बालगायतका एकसय भन्दा बढी विरुवाहरु रोपिएको छ ।

कार्यक्रममा लाटिझोडा साझेदारी वन व्यवस्थापन समितिका संयोजक, पदाधिकारी तथा सदस्यहरु, साझेदारी उपभोक्ता महासंघकी केन्द्रीय कोषाध्यक्ष निरा पोखरेल, वनका कर्मचारी र स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

Back to top button