प्रदेश १ मा ४६३ संक्रणमुक्त, ७५८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ ।

प्रदेश १ मा आज ७५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २९८ जनाको पिसिआर परीक्षण गर्दा ३६२ र ९८६ जनामा एन्टिजेन परीक्षण गर्दा ३२९ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पिसिआर परीक्षणमा ७१ हजार ३०१ र एन्टिजेन परीक्षणमा १७ हजार ४६४ जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button