निर्वाचन आयोगले छलफलका लागि बोलायो जसपाको यादव र ठाकुर दुबै पक्षलाई

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई छलफलका लागि असार २२ गते बोलाउने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम दुबै समूहलाई छलफलका लागि बोलाएको हो ।

यादवले पार्टीको आधाकिारिकताको दावी सहित आयोगमा निवेदन दर्ता गराएको छ । ठाकुर पक्ष प्रधानमन्त्री ओलीलाई र यादव पक्षले विपक्षी मोर्चालाई समर्थन गरेपछि पार्टीमा विवाद भएर विभाजनको मोडमा पुगेको छ । आयोगले निर्णय गरेपछि जसपा विभाजन हुने अवस्था सृजना भएको छ ।

Back to top button