जनताको आवश्यकता पूर्तिका लागि अध्यादेश : मन्त्री श्रेष्ठ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सरकारले जनताको आवश्यकता पूर्तिका लागि अध्यादेश ल्याएको बताउनु भएको छ ।

मन्त्रालयको अद्र्धवार्षिक प्रगति सार्वजनिक कार्यक्रममा मन्त्री श्रेष्ठले दलका नेताहरु एउटै टेबल बस्न नसकिने विद्यमान अवस्था र संसद समेत नभएकोले संविधानले ग्यारेण्टी गरेको मौलिक अधिकारको प्रत्याभुति गर्न अध्यादेश ल्याएको बताउनु भयो ।

संवैधानिक व्यवस्थाभन्दा एक इञ्च पनि दायाँ वायाँ नगरी नागरिकता सम्बन्धी अध्यादेश ल्याएको उहाँको भनाइ थियो । संविधानमा नै जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने उल्लेख भएकोले त्यसै अनुसार हुबहु अध्यादेश ल्याएको उहाँको भनाई थियो ।

Back to top button