
काठमाडौं । नेपालमा कोरोना महामारी नियन्त्रणका लागि ल्याएको बाध्यकारी नियमहरुलाई चुनौति दिदै सरकारी पक्षबाट उलंघन गर्नेको कमी छैन । उहाँहरुलाई भन्ने कोही हुँदैन । उल्टै उहाँहरुले सानका साथ हिँड्ने गरेको देखिन्छ । तर लकडाउनको समयमा मास्क नलगाउँदा अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेर तिर्न लगाएको छ ।
सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको अवस्थामा प्रहरीले जरिवाना गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
मास्कविना भेटिएका उपप्रधानमन्त्रीले प्रहरीलाई क्षमायाचनासहित विनम्रतापूर्वक दुई सय डलर जरिवाना तिरेको समाचार संस्थाहरुले जनाएका छन् । उपप्रधानमन्त्री जोसेले पत्नीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र जाँदा प्रहरीको कारवाहीमा परेको स्वीकार्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।