बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कांग्रेसले २५ हजारको दरले राहत उपलब्ध गराउने

काठमाडौं । नेपाली कांग्रेसले २०७८ वैसाखदेखि आएको बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २५ हजारको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेस केन्द्रिय कार्य समितिको असार ४ गतेको निर्णयले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले दुःखमा परेका नेपालीको साथमा कांग्रेस रहेकाले राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो । पिडित परिवारलाई चाँडै रकम हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।

Back to top button