
काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
काउन्सिलले आज रूपा सुनारविरूद्ध भ्रामक समाचार प्रकाशन प्रशारण गरेका खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
सुनारले काउन्सिलमा आइतबार ९ वटा सञ्चारमाध्यमविरुद्ध उजुरी दर्ता गराउनु भएको थियो ।