जर्मनीमाथि इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं । युरोकप २०२० को गएराति सम्पन्न नकाउट चरणको खेलमा इंग्ल्याण्डले जर्मनीमाथि ऐतिहासिक जित हात पारेको छ । इंग्ल्याण्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवश गरेको छ । इंग्ल्याण्डले अब क्वाटर फाइनलमा युक्रेनको सामना गर्नेछ ।

गोल रहित पहिलो हाफको खेलपछि दोस्रो हाफमा इंग्ल्याण्डका रहिम स्टर्लिङले ७५ औं मिनेटमा र कप्तान ह्यारी केनले हेडमार्फत अर्को गाोल गरेर जित सुनिश्चित गरेको थियो ।

Back to top button