लागूऔषधसहित तीन जना पक्राउ

बिराटनगर । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ घर भई शिवसताक्षी नगरपालिका ९ बस्ने २२ वर्षीय निगम लिम्बूलाई पक्राउ गरेको हो ।

मे६प ७५६९ नम्बरको स्कुटरमा आएका लिम्बूलाई रोकेर चेकजाँच गर्ने क्रममा डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय झाापाले जनाएको छ ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय बिमल भुजेल र धरान १५ का ४१ वर्षीय आईतराज लिम्बूलाई ३ ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डिसीसहित पक्राउ गरिएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

Back to top button