सबइञ्जिनियर घुससहित पक्राउ

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाका सब इञ्जिनियरलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित प्रहरीले पक्राउ परेको छ । नगरपालिकाको वडा १ मा कार्यरत सबइञ्जिनियर राजन पासवानलाई पक्राउ गरेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएको पासवानले सेवाग्राहीसँग अन्तिम किस्ताको निकासाका लागि लिएको ३० हजार घुस रकमसहित जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

Back to top button