झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने

काठमाडौं । नेकपा एमालको आज अन्तिम पटक बसेको महाधिवेशन आयोजक कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने जिम्मा लिएको घोषणा गर्नुभयो । खनालको अहिले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत भइरहेको छ ।

Back to top button