ओली प्रवृत्तिको पुनरावृत्ति हुन नदिन विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नदिन विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताउनु भएको छ ।

नागरिक समाजका प्रतिनिधिहरुसँग विपक्षी गठबन्धनले आज आयोजना गरेको कार्यक्रममा उहाँले एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने जिज्ञास धेरैको भएकोले आफूले ओली प्रवृतिको पुनरावृति हुन नदिन विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने स्पष्ट पार्नुभयो ।

उहाँले अहिले एमालेमा आफूले बोल्यको की पोल्योको अवस्था रहेको तर आफूले नैतिक मूल्यको राजनीति नछाड्ने बताउनुभयो ।

Back to top button