अदालतले निष्पक्ष न्याय दिने देउवाको विश्वास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

विपक्षी गठबन्धनले आज नागरिक समाजसँग आयोजना गरेको छलफलमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अनावश्यक धम्कीबाट न्यायमुर्तिहरु नडराउने र निष्पक्ष न्याय दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्रीले तानाशाही प्रवृति देखाए पनि स्वतन्त्र न्यायालयका अगाडि कसैको केही नलाग्ने भएकाले कोही पनि न्यायाधिसहरु नडराउने उहाँको भनाई थियो ।

Back to top button