निषधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा वृद्धि

काठमाडौं । निषेधाज्ञा खुकुला पारेसँगै मुलुकभरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभरि आज २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । हिजो संख्या २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

हिजो ११ हजार ७४८ जनाको परीक्षण गर्दा २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको थियो भने आज ११ हजार ५६८ जनामा परीक्षण गर्दा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

मुलुकभरि कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ६ लाख ३८ हजार ८०५ र एन्टिजेन परीक्षणमा ३४ हजार ९४४ पुगेको छ । निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।

संक्रमितको संख्या बढ्न थालेकाले विज्ञले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ लागु गर्न सुझाव दिनुभएको छ ।

Back to top button