
काठमाडौं । चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीपीसी)ले आज सयौं वार्षिकोत्सव मनाउँदैछ। सयौं वार्षिकोत्सवका अवसरमा सत्तारुढ सीपीसीले केही दिनयता विभिन्न स्तरमा कार्यक्रमहरु गरिरहेको छ।
पार्टीको केन्द्रीय समितिका महासचिव रहेका राष्ट्रपति सी जिनपिङले आज एक सन्देश दिंदै सबै हिसाबले समृद्ध समाज निर्माणका लागि पार्टीले पहिलो शताब्दी लक्ष्य हासिल गरेको बताउनुभएको छ ।
उहाँले चीनमा गरिबी समस्या पूर्ण रुपमा समाधानको पहिलो ऐतिहासिक लक्ष्य पुरा भएको उल्लेख गर्दै अब एक महान आधुनिक समाजवादी देश बनाउने दोस्रो शताब्दी लक्ष्य र आत्मविश्वासका साथ आफूहरु अघि बढेको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ।
सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो। आज राजधानी बेइजिङसहित विभिन्न शहरमा कार्यक्रमहरु आयोजना हुने भएका छन् ।