नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि अनुदान घोषणा

काठमाडौं । सरकारले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरणका लागि अनुदान सहयोग गर्ने घोषणाा गरेको छ । विश्व फिल्म फेस्टिभलमा सहभागिता जनाउने र अवार्डमा मनोनित हुने फिल्मलाई अनुदान दिने घोषणा गरेको हो ।

अनुदान सहयोगका लागि चलचित्र विकास बोर्डले कार्यविधि जारी गरेको छ । बोर्डले २१ औं वार्षिकोत्सवको अवसरमा कार्यविधि कार्यान्वयन भएको घोषणा गरेको हो ।

अस्कर अवार्डका लागि मनोनित र छनोट हुने फिचर फिल्मलाई ८ लाख र छोटो फिल्मले २ लाख रुपैयाँ अनुदान दिने कार्यविधिमा उल्लेख छ । गोल्डेन ग्लोब्समा मनोनित हुने फिचरलाई २ लाख र छोटो फिल्मलाई १ लाख दिने कार्यविधिमा व्यवस्था गरिएको हो ।

कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम फेस्टिभलमा छनोट हुने फिल्मले २ लाख ५० हजार र छोटो फिल्मले १ लाख अनुदान सहयोग प्राप्त गर्ने कार्यविधिमा भनिएको छ ।

अन्य फिल्म फेष्टिभलहरुमा नेपाली फिल्म सहभागीता जनाउनेलाई पनि अनुदान लगायतका सहयोग दिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

Back to top button