स्थानीयतहलाई स्वास्थ्यसामग्री हस्तान्तरण

बेलबारी । आधिकारीक ट्रेड युनियन मोरङले कोरोना रोग रोकथामका लागि स्थानीयतहरुमा स्वास्थ्यसामग्री वितरण गरेको छ ।

मोरङका १७ वटै स्थानीयतहमा मास्क सेनिटाइजर लगायतका सामग्री बितरण गरीएको आधिकारीक ट्रेडयुनियन मोरङका अध्यक्ष फडिन्द्र अधिकारीले बताउनुभयो ।

कोरोना रोग रोगथाम गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ मोरङका सबै स्थानीयतहमा मास्क तथा सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको आधिकारीक ट्रेड युनियनका केन्द्रिय सदस्य जीवन काफ्लेले जानकारी दिनुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन मोरङका सह–सचिव शालिग्राम कोइरालालगायतका नेताहरुको सहभागिता थियो ।

Back to top button