स्वास्थ्यकर्मीलाई क्लिनिकल अपडेट तालिम

विराटनगर । पथरी शनिश्चरे नगरपालिकास्थित स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीलाई २ दिने क्लिनिकल अपडेट तालिम दिइएको छ । कार्यक्रममा नगर क्षेत्राका २५ जना नर्सिङ स्वास्थ्यकर्मीलाई कोशी अस्पताल विराटनगरकी नर्सिङ निरीक्षक ममता श्रेष्ठले र अनमि सुधा मण्डलले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भीआइए जाँचका लागि आवश्यक सामग्री नगरका ८ वटा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।

Back to top button