चार जना सहसचिवको सचिवमा बढुवा

काठमाडौं । मन्त्रिपरिषदको हिजो साँझको बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ एक सचिवमा सहसचिव डा. दामोदर रेग्मी र सहसचिव गणेशप्रसाद पाण्डे, वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य र कृषि सेवाको इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य सचिवमा बढुवा भएको हो ।

कोरोना महामारी र लोक सेवा आयोग लामो समयदेखि पदाधिकाारी विहिन हुँदा सचिव बढुवा रोकिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा पदाधिकारी नियुत्तःीका लागि गरेको सिफारिसका आधारमा अध्यक्षमा माधवप्रसाद रेग्मीलगायतका पदाधिकारी नियुक्त हुनु भएपछि बढुवा प्रक्रिया सुरु गर्नुभएको छ ।

Back to top button