सशस्त्र प्रहरीको डिआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको २ जना डिआईजी बढुवाको प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजी बढुवाको लागि कागजात पेस गर्न तीन दिने सूचना निकालेको हो ।

सशस्त्र प्रहरीका एसएसपी कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का डिआईजी बढुवाको दौडमा हुनुहुन्छ । प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको उहाँहरु सबै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा हुनुभएको छ ।

Back to top button