लायन्स क्लव अफ विराटनगर साइनोको अध्यक्षमा अग्रवाल

काठमाडौं । लायन्स क्लव अफ विराटनगर साइनोको अध्यक्षमा उकेश अग्रवालले हिजोदेखि कार्यभार सम्हाल्नुभएको छ । साइनोको उपाध्यक्षबाट अध्यक्षमा चयन हुनुभएको उहाँले साइनोलाई समाजिक कार्यमा उदाहरणीय बनाउने कार्य योजनाका साथ नेतृत्व सम्हालेको बताउनुभयो ।

अग्रवालले सन् २०१४ मा लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा सेक्रेटरी, २०१५ मा लियो क्लब विराटनगरको सेन्ट्रल उपाध्यक्ष, सन् २०१६ मा अध्यक्ष, २०१७ मा लियो क्लब अफ डिस्ट्रिक ३२५ ए१ को क्षेत्रीय संयोजकको सफल नेतृत्व गरिसक्नु भएको छ ।

उहाँले अन्य बिभिन्न सामाजिक संस्थाहरुमा समेत सफल नेतृत्व सम्हालिसक्नु भएको छ । मोरङ इलेक्ट्रिक एशोसिएशनको उपाध्यक्ष, आदर्श निर्माण मन्दिरको सचिव, नेपाली युवा उद्यमी फोरमको कार्यकारी निर्देशक भएर अग्रवालले साइनोको नेतृत्व सम्हाल्नु भएको छ ।

Back to top button