निर्वाचनमा केन्द्रित हुने एमाले बैठकको निर्णय

काठमाडौं । नेकपा एमालेको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कार्तिक २६ र मंसिर ३ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै तहतप्का केन्द्रित हुने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशन र प्रतिनिधिसभा निर्वाचनको मिति जुद्धेकोले बैसाख मसान्तभित्र महाधिवेशन गर्ने पार्टी महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन बैठकमा पेस गर्नुभएको छ । प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरिएको छ ।

सबै जिल्लालाई साउन ५ गते भित्र सदस्यता विवरण पठाउन लगाएर साउन २५ गते विधान महाधिवेशन गर्ने प्रतिवेदनमा प्रस्ताव गरिएको छ । प्रतिवेदनमा भदौ ५ गते वडा अधिवेशन र १५ गते पालिकाहरुको अधिवेशन गर्न प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा साउन २५ देखि २७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनका लागि तयारी गर्न शिर्ष नेताहरुलाई जिम्मेबारी तोक्ने प्रस्ताव गरिएको छ ।

Back to top button