देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने नेपाल पक्षको अडान

काठमाडौं । नेकपा एमालेको एकताका लागि सोमबार साँझ ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन माधवकुमार नेपाल पक्षका सांसदहरुले नमान्ने भएको छ ।

नेपालले आज देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरुसँग गरेको भर्चुअल मिटिंगले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको एक नेताले बताउनु भयो । पार्टीको अबैध बैठकको निर्णय मान्नुको कुनै औचित्य नभएको उहाँले बताउनुभयो ।

देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल पक्षका २३ जना सांसदले समर्थन जनाउँदै हस्ताक्षर गर्नु भएको छ । एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले नेपाल पक्षका सांसदहरुलाई सोमबार साँझ ५ बजेसम्ममा देउवालाई प्रत्रानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्णय गरेर निर्देशन दिएको छ ।

उत्तः निर्देशन कार्यान्वयन नभए पार्टी एकता नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य दिनुभएको छ ।

Back to top button