युरोकपको सेमिफाइनलमा डेनमार्क

काठमाडौं । युरोकप २०२० को सम्पन्न क्वाटफाइनल खेलमा डेनमार्कले २–१ गोलअन्तरले चेक रिपब्लिकलाई पराजित गर्दै २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्कले सेमिफाइन खेल इंग्ल्याण्डसँग खेल्नेछ ।

खेलको पाँचौं मिनेटमा थोमस डेलानेले गरेको गोलले अग्रता पाएको डेनमार्कका लागि पहिलो हाफको तीन मिनेट खेल बाँकी रहेको अवस्थामा कास्पर डोलबर्गले अर्को गोल थपेको थियो ।

चेक टोलीले २–० बाट सुरु गरेको दोस्रो हाफको खेल आक्राम देखिएपनि त्यो जितका लागि प्रयाप्त सावित भएन । दोस्रो हाफैका सुरुमै चेट टोलीले १ गोल फर्काएका थिए । चेटक टोलीका प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गरेका थिए ।

Back to top button