माथिल्लो तामाकोशी आयोजना भोली उद्घाटन हुँदै

काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि उद्घाटन हुने भएको छ ।

भोली प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा जोडिनेछ । १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीवापत पैसा तिर्न सुरु गर्नेछ ।

७६/७६ मेगावाटका ६ वटा युनिट रहेको ४ सय ५६ मेगावाट जडित क्षमताको आयोजनाबाट भोलीदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश: विद्युत उत्पादन हुनेछ ।

Back to top button