भन्सार छलीको सामानसहित एक जना पक्राउ

मोरङ । रतुवामाई नगरपालिका ९ भौडाचोकबाट भन्सार छलेर ल्याउँदै गरेको चिनी, बिस्कुटसहित पिकअप गाडी र चालकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । लेटाङ नगरपालिका २ का २७ वर्षीय बिकास लिम्बूलाई पक्राउ गरेको हो ।

को२च १०९ नम्बरको पिकअपमा भारतबाट भन्सार छलेर १८ क्विण्टल चिनी र १८ कार्टुन बिस्कुट ल्याउँदै गरेको अवस्थामा चालक लिम्बूसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङले जनाएको छ । चालक र गाडीसहित कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Back to top button