नयाँ स्टक एक्सचेन्ज खोल्ने कसरत हुँदै

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज कम्पनी खोल्ने कसरत भइरहेको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज प्रमुखबीचको विवादले नयाँ स्टक एक्सचेन्ज खोल्ने कसरत सुरु भएको हो ।

धितोपत्र बोर्डले धितोपत्र बजारको बिस्तार भएकोले प्रतिस्पर्धी बनाउन अर्को निजी क्षेत्रको स्टक एक्सचेन्जको अनुमति दिन अर्थ मन्त्रालयमा फायल सिफारिस गरेर पठाएको छ । नयाँ स्टक एक्सचेन्जमा व्यक्तिले सोझै लगानी गर्न पाउने व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले जनाएको छ ।

तर अहिले नै त्यो निर्णय भइनसकेको बोर्डका एक कर्मचारीले बताउनुभयो । यसअघि ४ वटा निजी कम्पनीले नयाँ स्टक एक्सचेन्जका लागि ओवदन दिएकोले त्यही चारै वटालाई अनुमति दिने वा चार वटैलाई मिलाएर एउटालाई मात्रै दिने विषयमा निर्णय हुन बाँकी रहेको उहाँको भनाई थियो ।

Back to top button