
काठमाडौं । नेपाल वायुसेवा निगमको पूँजि वृद्धि गरेर निजीकरणको चर्चा चलेसँगै निगमका कर्मचारी आन्दोलित भएका छन् । निगमको ५४ अर्ब अधिकृत पुँजीलाई ५० अर्ब पुर्याउनुका साथै निजीकरणको प्रस्ताव अर्थमन्त्रालय पठाएको भन्दै आन्दोलनमा उत्रेका हुन् ।
प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले केही व्यक्तिको स्वार्थपुर्तिका लागि निगमलाई निजीकरण गर्न लागेको निगम कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनको आरोप छ ।
प्रबन्ध निर्देशक पौडेलले निगमलाई नाफामा लैजानका लागि सरकारले मागेको प्रस्तावमा निजीकरण गर्न सकिने पनि एउटा विकल्प दिएको बताउनुभयो । छ ।