प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज उद्घाटन गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज दिउँसो ४ बजे उद्घाटन गर्न लाग्नुभएको छ । उद्घाटन भएसँगै ४५६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिने भएको हो ।

आयोजनाबाट उत्पादित बिजुली गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जाने बताउनुभयो । मुलुकमा करिब ८० अर्ब स्वदेशी लगानीमा हालसम्मकै ठूलो आयोजनाको निर्माण सम्पन्न भएको छ ।

Back to top button