सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा सञ्चालित सामुदायिक विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्रालाई लक्षित गर्दै महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण गरिएको हो ।

स्थानीय तहस्तरीय सेनीटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन बुढाथोकीसहितले विद्यालयहरुमा सेनिटरी प्याड वितरण गर्नुभएको हो ।

संघीय सरकारको बजेटमा समितिको असार १४ गतेको निर्णय अनुरुप १९ सामुदायिक विद्यालयका २ हजार ६ सय ७१ छात्राका लागि १३ लाख ४२ हजार ८४ रुपैयाँ बराबरको प्याड विद्यालयमा वितरण भएको शिक्षा शाखा प्रमुख काफ्लेले जानकारी दिनुभएको छ ।

Back to top button