
भूमीप्रसाद पाठक,
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका – १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका बाख्रा वितरण गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, मैनाकुमारी राई लिम्बू, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, इन्जिनियर सन्तोष केसीसहितको उपस्थितीमा स्थानीय अरुण बहुउद्धेश्यीय सहकारी संस्थामार्फत शेयर सदस्यलाई बोका बाख्रा वितरण गरिएको हो ।
शेयर सदस्य कृषककालागि एउटा विउ बोको र बोयर ५० प्रतिशत मिश्रित १७ वटा बाख्राका पाठी वितरण गरिएको संस्थाका अध्यक्ष तेजराज कटुवाल जानकारी दिनुभयो । बाख्रा वितरण कार्यक्रममा घाँस, विउ र बाख्राका लागि औषधि समेत वितरण गरिएको छ ।
परियोजनाको १५ लाख र सहकारीको ११ लाख ९० हजार गरी २६ लाख ९० हजारको बजेटमा कार्यक्रम सम्पन्न भएको हो । उन्नत जातका बाख्रा र बिउ बोका पाएपछि स्थानीय कृषक हर्षिद भएका छन् ।