विद्यालय निर्माणमा खटिएका मिस्त्रीको भर्‍याङबाट लडेर मृत्यु

सोलुखुम्बु । सोताङ गाँउपालिका ५ स्थित बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको भवन निर्माणमा खटिएका एक मिस्त्रीको भर्‍याङबाट लडेर मृत्यु भएको छ ।

खुम्बुपासाङलाम्हु गाउँपालिका १ खरिखोला का ३३ वर्षीय रिन्जी पासाङ शेर्पाको भर्‍याङबाट लडेर मृत्यु भएको हो । विद्यालय निर्माण खटिनु भएको शेर्पाको भर्‍याङबाट लडेर कन्चटमा चोट लागेर घाइते हुनुभएको थियो ।

उहाँको प्राथमिक स्वास्थ्य चौकी सोताङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Back to top button