
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत स्वदेशीलगानीमा निर्मित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज उद्घाटन गर्नुभएको छ ।
उद्घाटन भएसँगै ८३ अर्बको लागतमा निर्मित जलविद्युत आयोजनाबाट आजदेखि ४५६ मेगावट विद्युत उत्पादन हुने भएको छ ।
२०६८ साल जेठ ४ गते सिलान्यास गरिएको उक्त आयोजनामा ६ वटा युनिटमध्ये पहिलो युनिटबाट आजदेखि ७६ मेगावाट विद्युत परीक्षण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।