डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको सुनबर्षी नगरपालिका ९ स्थित चन्दनखाडीका नारायण राजबंशीको ५ वर्षीय छोरा उमङ्ग राजबंशी खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

खेल्ने क्रममा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनसरीको बर्जु गाउँपालिका ५ स्थित टेङग्रा खोलामा डुबेर भारत बसमतिया घर भई हाल सितागंजमा बस्दै आएकी ९ वर्षीया जिबीका यादबको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला खोलामा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Back to top button