![](https://koshisandesh.com/wp-content/uploads/2021/07/insec.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/07/insec.jpg)
विराटनगर । प्रदेश १ मा विगत ६ महिनामा १८ जनाको हत्या भएको छ । प्रदेश १ को पुस १८ गतेदेखि असार १६ गतेसम्मको मानवअधिकारको अवस्थाको विषयमा अनौपचारिक सेवा क्षेत्र इन्सेकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस प्रदेशमा प्रत्येक महिना तीन जनाको हत्या हुने गरेको तथ्या वाहिर आएको हो ।
यस प्रदेशमा विगत ६ महिनामा घटेको मानवअधिकार हननको ३ सय ९५ घटनामा ३ सय ९९ जना पिडित भएको प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशमा विगत ६ महिनामा हत्या भएकामध्ये ११ जना महिला, ७ जना पुरुष र १ नवजात शिशु छन् । हत्या हुनेमा पुरुषभन्दा महिलाको संख्या करिब दोब्बर छ ।
यस प्रदेशमा विगत ६ महिनामा १ सय ५ जना बालिका बालात्कृत र ४१ जना यौन दुरव्यवहारका सिकार भएका छन् भने ६१ जना महिला बलात्कृत, ९३ जनालाई बलत्कार प्रयास, १ जनालाई यौन दुरव्यवहार, ६२ जना घरेलु हिंसाका सिकार भएका हुन् ।
केन्द्रका प्रदेश १ प्रमुख सोमराज थापाले यस प्रदेशमा महिला अधिकार हननको घट्ना बढ्दो रहेकाले राज्य निकायको ध्यानाकर्षण आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिलगायतका सञ्चारकर्मीहरुले आ–आफ्ना सुझाव व्यक्त गर्नुभएको थियो ।