
काठमाडौं । युरोकप २०२० को गएराति लन्डनको वेम्बली रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई ४–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
लण्डनकै वेम्बली रंगशालामा आज दोस्रो सेमिफाइनल खेल इंग्ल्याण्ड र डेनमार्कबीच हुन गइरहेको छ । इंग्ल्याण्ड र डेनमार्कमध्ये विजेता टोलीको फाइनलमा इटालीसँग युरोकपको टर्फीका लागि अन्तिम भिडन्त हुनेछ ।
पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६० औं मिनेटमा फेडरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाउनुभएको थियो तर उहाँको गोल निर्णयक बन्न सकेन ।
खेलको ८०औं मिनेटमा स्पेनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गराएका मोराटाले ९० मिनेटमा गोल फर्काउँदै खेल बराबरी ल्याउनुभएको थियो ।
अन्तिम समयमा खेल बराबरीमा गएपछि अतिरिक्त समयमा पुनः दुबै टिमको भिडन्त भएको थियो तर अतिरिक्त समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा पेगेको थियो ।
युरोकपको छैठौं र पछिल्लो ३३ खेलमा इटालीको अपराजित यात्रा कायम छ ।