बलिउडका सफल अभिनेता दिलिप कुमारको निधन

काठमाडौं । बलिउडका सफल अभिनेता दिलिप कुमारको आज ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान ७ बजेर ३० मिनेटमा उहाँको निधन भएको हो ।

उहाँको निधनले बलिउड शोकमग्न भएका छन् । उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउनेको भीड लागेको छ । उहाँको अन्तिम विदाईको तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Back to top button