अमेरिकी सेनाले छाडे अफगानिस्तान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले गरेको घोषणा अनुसार अमेरिकी सेनाले अफगानिस्तान छाडेको छ । अफगानिस्तानलाई कुनै जानकारी नदिई अमेरिकी सेनाले बगराम एयरबेस छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसै वर्षको सुरुवातमा ११ सेप्टेम्बरभन्दा अगाडि अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने घोषणा गर्नुभएको थियो । अमेरिकी सेना फिर्ता भएसँगै अधिकांश क्षेत्र तालिवानी सेनाले कब्जामा लिएको छ ।

Back to top button