हुलास वायरले निकाल्यो ९३ कामदार, कामदार आन्दोलित

विराटनगर । बुढीगंगा गाउँपालिकास्थित हुलास वायर इन्डस्ट्रिजले ९३ जना कामदारलाई निकालेपछि आन्दोलनमा उत्रेका छन् । कामदारहरुले उद्योगको गेटमा धर्नामा बसेर आन्दोलनमा उत्रेका हुन् ।

पूर्व सहमति अनुसार उद्योगले कामदारहरुलाई नियुक्ति पत्र नदिएकाले श्रम कार्यालयमा उजुरी दिदा कामदार निकालेको छ । नेपाल कारखाना श्रमिक सङ्घ मोरङका अध्यक्ष श्रीप्रसाद साहले साहले पूर्व सहमति अनुसार नियुक्ती पत्र नदिदा श्रम कार्यालयमा उजुरी दिएपछि उद्योगले कामदार निकालेको बताउनुभयो ।

उद्योगमा ७ सय ५० जना कामदार कार्यरत रहेकोमध्ये उद्योगले केहीलाई मात्रै नियुक्ति पत्र दिएको छ । ‘२०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ति पत्र दिने सहमति भएको उहाँले बताउनुभयो ।

Back to top button