ओली–नेपाल वार्ता सकारात्मक, कार्यदलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा सकारात्मक भएको छ । ठोस उपलब्धी आइनसके पनि वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै नेताहरु उत्साहित देखिएका छन् ।

वार्तामा दुवै पक्षका कार्यदल सदस्यका साथै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वान टु वान वार्तासमेत भएको एक नेताले बताउनुभयो । आज कार्यदलको बैठक पुनः बस्दैछ ।

बैठकमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ र नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको सहभागीता रहने एमालेले जनाएको छ ।

Back to top button