युनियन लाइफ इन्स्योरेन्सको आईपिओ आज खुल्दै

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपिओ आजबाट खुल्दै छ । युनियनले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्न लागेको हो ।

संस्थागत कर्मचारी र सामूहिक लगानी कोषका लागि ३ लाख २२ हजार ५ सय र सर्वसाधारणका लागि ५८ हजार ५ सय र ५८ लाख ५ सय कित्ता सेयर बिक्री गर्न लागेको छ ।

सर्वसाधारणले १० देखि ३२ हजार २५० कित्तासम्म खरिदका लागि असार २८ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । माग बमोजिमको आवेदन नआएको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदनको म्याद थप गर्न सक्ने जनाइएको छ ।

Back to top button