तीन वटा विधेयक प्रदेशसभामा पेस गर्न प्रदेश १ मन्त्रिपरिषदको निर्णय

विराटनगर । प्रदेश १ मन्त्रिपरिषदको बैठकले तीन वटा विधेयक प्रदेशसभामा पेस गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान विधेयक २०७८, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको वेधेयक र केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताउनुभयो ।

बैठकले निजि तथा साझेदारी फर्म दर्ता नियमावली २०७८ लाई स्विकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

Back to top button