तालिवानीविरुद्ध अफगानी महिला हतियारसहित सडकमा

काठमाडौं । अफगानिस्तानका विद्रोही तालिवानी समूहविरुद्ध महिलाहरु हतियारसहित सडकमा उत्रेका छन् । अमेरिकी नेता फिर्ता भएपछि तालिवानले अफगानिस्तानको अधिकांश क्षेत्र कब्जामा लिएपछि महिलाहरु हतियारसहित सडकमा उत्रेका हुन् ।

महिलाहरुले राइफल, लञ्चरलगायतका खतरनाक हतियार बोकेर तालिवानविरुद्ध सडकमा नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । तालिवान लडाकुहरूले अधिकांश क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी देश ताजिकिस्तान पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

Back to top button