बेलबारीमा एमालेको समानान्तर कमिटी गठन

मोरङ । केन्द्रमा नेकपा एमालेको विवाद समाधानको नजिक भएको भनिए पनि मोरङमा भने केन्द्रलाई नै टक्कर दिनेगरी समान्नतर गतिविधिहरु भइरहेका छन । बिहीबार मात्रै बेलबारीमा नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समुहले २ सय ५१ सदस्यी नगर कमिटि गठन गरेको हो ।

एमाले बेलबारीका पूराना नेता पिपि थापा मगरको संयाजकत्वमा गठित समितिको सचिवमा कमल कोइराला चयन हुनुभएको छ । कमिटीको इन्चार्जमा राजेश बस्नेत र सह इन्चार्जमा शकर गुरुङ चयन हुनुभएको छ । कमिटि २२ गते नै गठन गरीएको र केही प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरीएको नव गठित कमिटिका सचिव कोइरालाले बताउनुभयो । जिल्ला कमिटिको निर्देशन अनुसार गठन गरीएको जनाइएको छ ।

नब गठित कमिटिले भने समानान्तर कमिटी नभई कमिटीलाई पुनर्गठन गरेको जनाएको छ । लामो समय सम्म कमिटीहरु चलायमान भएका थिएन । नव गठित कमिटीका अध्यक्ष पिपि थापा मगरले चाँडै नै पदाधिकारी छनौटका साथै वडा कमिटीहरु चयन गरिने बताउनुभयो । ओलि समूहले समेत एकलौटि रुपमा यसअघि नै कमिटी गठन गरिसकेको छ ।

Back to top button