पुस्कर सचिवमा र थापा एआईजीमा बढुवा

काठमाडौं । मन्त्रिपरिषद बैठकले सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा र नेपाल प्रहरीका डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । सरकारले एआईजीमा एउटा दरबन्दी थप गरेपछि थापालाई बढुवाका लागि सिफारिस गरिएको थियो । नेपाल प्रहरीको नेतृत्वका लागि विश्वराज पोखरेलसँग थापाले प्रतिस्पर्धा गर्ने छन् ।

मन्त्रिपरिषद बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्री लिलानाथ श्रेष्ठले बताउनुभयो । बढुवा समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

Back to top button