महिला मन्त्रालयको गाडीमा यौनधन्दा

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनधन्दा भइरहेको अवस्थामा गस्तिमा खटिएका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । निर्वस्त्र अवस्थामा पक्राउ परेकामा एक महिला र दुई जना पुरुष रहेको प्रहरी स्रोतले जनाएको छ ।

मन्त्रालयको प्रदेश३–०१–००२झ ५०५२ नम्बरको गाडी सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकेर गाडीभित्रै यौनधन्दा भइरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । गाडी चालक मन्त्रालयको भए पनि पक्राउ परेका सबैको परिचय प्रहरीले गोप्य राखेको छ ।

Back to top button