
काठमाडौं । पछिल्लो २४ घण्टा कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त हुने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । गएको २४ घण्टामा १ हजार ३ सय १६ जना संक्रमणबाट मुक्त हुँदा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८ सय ५९ पुगेको छ ।
तीमध्ये ९ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ९० जना रहेका छन् ।