
काठमाडौं । अमेरिकाको जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको १५ लाख डोज खोप भोली नेपाल आइपुग्दै छ । उक्त खोप अमेरिकी सरकारले अनुदानमका उपलब्ध गराउन लागेको हो ।
एक डोज मात्रै लगाएर पुग्ने जोन्सन एण्ड जोन्सनको खोप भोली नेपाल आइपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताउनुभयो ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललगायतका मुलुकहरुलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।