
ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मैवाखोला ३ का लाक्पा शेर्पाको १३ वर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।