मोरङमा ६ जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले मोरङका ६ पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थाको दसौँ स्थापना पत्रकार अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहम्मद सदरुल, तारा आचार्य, राजकुमारी तामाङ र एलिना दियालीलाई पुरस्कृत गरेको हो ।

न्यौपाने र श्रेष्ठ २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजार छ । पुरस्कारको लागि गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो ।

कोरोना महामारीका कारण नवौं स्थापना दिवस मनाउन नसकिएकोले २०७७ सालको पुरस्कार पनि यसै वर्ष प्रदान गरिएको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान गरिएको हो ।

२०७७ सालको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट पत्रकार सदरुल र २०७८ सालको पत्रकार आचार्यलाई पुरस्कार प्रदान गरिएको छ ।

मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि २१ हजार रहेको छ ।

२०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार छ । पत्रकारहरुलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पुरस्कृत गर्नुभएको थियो ।

Back to top button